चितवन ।  नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २५ औं स्थापना दिवसको अवसरमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनद्वारा रत्ननगर नगरपालीका-११ स्थित मंगलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित  चेपाङ विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरिएको छ ।
अति विपन्न सिमान्तकृत चेपाङ्ग वालवालिकाहरुको संरक्षण गरीरहेको सो केन्द्रमा खाद्य सामाग्री वितरण तथा उक्त संरक्षण केन्द्र परीसरमा एभोकाडो, आँप, लिची र कटहर लगाएतका फलफुलका विरुवा बृक्षरोपण गरिएको हो ।
अति विपन्न चेपाङ्ग वालवालीकाहरुलाई सहयोग गर्ने अवसर प्रदान गर्नु हुने उक्त संरक्षण केन्द्रका संस्थापक तथा संरक्षक केपी किरण शर्मालाई  इक्यान चितवनका अध्यक्ष हिम्मत पुरीले  हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।
साथै उक्त  कार्यक्रम सफल वनाउन सहयोग गर्नुहुने सम्पुर्ण इक्यानियन मित्रहरुलाई इक्यान चितवनको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै अध्यक्ष पुरीले २५ औ वार्षीक उत्सवको हार्दिक वधाई तथा शुभकामना व्यक्त समेत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !