
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप १ हजार ३८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार २५९ र एन्टिजेन विधिबाट ३ हजार ३८ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ३८८ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ४२ हजार १९३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २६० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख १० हजार ४५२ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ जना रहेको छ ।
मन्त्रालयका अनुसार ६२५ संक्रमित आइसीयुमा छन् भने १६७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ४० लाख ५२ हजार ७६५ जनाले खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ७१४ जना पुगेको मन्त्रालयले जनाएको छ ।