चितवन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलले ठेकेदारहरुले राजनिति गर्दा विकास निर्माणको काममा वाधा पुगेको वताएका छन् । रत्ननगर उद्योग बाणिज्य संघ र रोटरी क्लव अफ रत्ननगरले आईतवार सयुक्त रुपमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा पौडेलले ठेकेदारहरुलाई काम गर्न आग्रह गरेका हुन् ।

धेरै जसो योजनाहरु ठेकेदारका कारण अलपत्रमा पर्ने गरेको उनको भनाई थियो । ठेकेदारले राजनिति गर्दा काममा वाधा पुगेको छ पौडेलले थपे – नेताले राजनिति गर्ने हो,ठेकेदारले ठेक्का पट्टाको काम मात्र गर्ने हो । उपाध्यक्ष पौडेलले काम गर्ने संयन्त्र कमजोर हुँदा विकास निर्माणको काम सोचे जस्तो हुन नसकेको पनि वताए । ठुला आयोजनाहरुका लागि ठेक्का पछि रकम लैजाने तर काम समयमै नगर्ने समस्या रहेको समेत उपाध्यक्ष पौडेलले औल्याए ।

योजना,कार्यक्रमका लागि जति पनि वजेट विनियोजन हुन्छ योजना आयोग उपाध्यक्ष पौडेलले भने– काम गर्ने संयन्त्र वलियो नहुँदा समस्या छ । पूर्वी चितवनको समग्र विकासका लागि गुरुयोजना वनाएर ल्याए वजेटको चिन्ता लिनु नपर्ने उनले वताए ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले नारायणी नदिको पुल जीर्ण भएकाले अर्को पुल निर्माण गर्नु पर्ने,गौतमवुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले वजेट छुट्याउनु पर्ने,लोथर टिकौली सडक स्तरोन्नती गर्नु पर्ने,रामपुर कृषि क्याम्पस खैरहनीको भवन निर्माण सुरुवात गर्नु पर्ने,बाढी र पहिरोबाट जोगाउन स्थायी किसिमको समाधान हुने खालका योजना पारेर वजेट विनियोजन गर्न योजना आयोगका उपाध्यक्ष पौडेलको ध्यानाकर्षण गराए । रत्ननगरका मेयर नारायण वनले रत्ननगर अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्ने गरि कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।

रत्ननगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल ह्याचरी संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानवहादुर विसुराल र उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठले पूर्वी चितवनका संभावित पर्यटकीय क्षेत्रलाई जोडेर एकिकृत विकास गर्नु पर्ने औल्याए ।

रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष निराजन खनाल,जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र वकुलहरका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ,रत्ननगर अस्पतालका अध्यक्ष गोपाल कर्मचार्य,रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष विष्णु शर्मा लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !