रबि रेग्मी, गोरखा । नेपाल कम्युनिष्ट पार्टी एमाले ( गोरखा ) ले अन्तर जिल्ला युवा संघ गठन गरिएको छ ।
शनिबार काठमाडौको खरिबोटमा एक कार्यक्रम आयोजना गरी प्रेम पनेरुको अध्यक्षतामा १६ सदस्यीय कमिटी गठन गरिएको हो ।

प्रेम पनेरुको अध्यक्षता गठन गरिएको युवा संघको उपाध्यक्षमा किसान गुरुङ (धार्चे गाउँपालिका), रामहरि लामिछाने (आरुघाट), ठाकुर गोतामे(भिमसेनथापा), सचिवमा विनोद पनेरु(बारपाक सुलिकोट), सहसचिवमा रवि वि.क.(बारपासुलिकोट), विकाश गुरुङ(बारपाकसुलिकोट), दीप प्रसाद पनेरु(बारपाक सुलिकोटं), बसन्त पुडासैनी(भिमसेनथापा) र कोषाध्यक्षमा रुपक ढकाल चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा सुमन सोढारी(आरुघाट), लक्षमण बानियाँ(सिरान्चोक), चेत राज अर्याल, निर्देश रिमाल (शहिदलखन), सन्दिप सोढारी(आरुघाट), यन्दिप भुजेल(सहिदलखन) चयन भएका छन ।

राष्ट्रिय युवा संघ अन्तरजिल्लाका संयोजक प्रेम पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एमालेका केन्द्रिय सदस्य एवं पुुर्व मन्त्री रामशरण बस्नेत, पार्टीका जिल्ला सचिव कृष्ण नेपाली, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा युथ फोर्स प्रमुख क्षितिज थेवे र उपप्रमुख पुष्प श्रेष्ठ, पार्टीका गण्डकी प्रदेश सदस्य कमल दानी, राष्ट्रिय युवा संघका सचिव खिल बहादुर राना, सम्पर्क मन्चका अध्यक्ष भीम कार्पी, अनेरास्ववियुका सचिव आरसी लामिछाने, केन्द्रिय बालसंगठनका सदस्य मोहन भट्टराई, लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !