गिता पंगेनी, चितवन । अखिल नेपाल महिला संघ खैरहनी नगरपालिका वडा नम्बर ३ काे वडा भेला शनिवार सम्पन्न भएको छ । गाेठेश्वरमा भएको भेलाले बिष्णु माया बिककाे संयोजनमा ३५ सदस्यीय वडा समिति गठन गरेको छ । सचिवमा भद्रमाया तिवारी रहेका छन ।  अनेमसंघ केन्द्रीय कि सदस्य ज्वाला पुरी बन प्रमुख अतिथि रहेको भेलामा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य कमलराज पाठक, नेकपा एमाले खैरहनी नगर अध्यक्ष पुण बहादुर डल्लाकाेटी लगाएतले बोलेका थिए । अखिल नेपाल महिला संघ खैरहनी नगर कमिटी संयोजक मनकुमारी अधिकारीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकोे थियोे ।

प्रतिक्रिया दिनुहोस !