रबि रेग्मी, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाले युथ फोर्स गठन गरेको छ । शनिबार एक कार्यक्रम गरी रामकृष्ण ढकाल (शहिदलखन) को नेतृत्वमा १५ सदस्यीय कमिटी गठन गरिएको हो ।

ढकालको अध्यक्षतामा गठन गरिएको फोर्सको उपाध्यक्षमा रामचन्द्र लामिछाने (आरुघाट), धुर्व खड्का (गण्डकी), सुरेश सोढारी (आरुघाट), सचिवमा बिक्रम कार्की (गण्डकी), सहसचिवमा मौसम भट्ट (बारपाक सुलिकोट), अन्जन भुजेल (भीमसेनथापा) चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा सैलेश रेग्मी, सरुण कार्की, सुजन तिवारी, सन्दिप थापामगर, रवि सुनार, निरज लामिछाने, मिलन भट्ट र राजन सापकोटा चयन भएका छन् ।

राष्ट्रिय युवा संघ अन्तरजिल्लाका संयोजक प्रेम पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एमालेका केन्द्रिय सदस्य एवं पुुर्व मन्त्री रामशरण बस्नेत, पार्टीका जिल्ला सचिव कृष्ण नेपाली, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा युथ फोर्स प्रमुख क्षितिज थेवे र उपप्रमुख पुष्प श्रेष्ठ, पार्टीका गण्डकी प्रदेश सदस्य कमल दानी, राष्ट्रिय युवा संघका सचिव खिल बहादुर राना, सम्पर्क मन्चका अध्यक्ष भीम कार्पी, अनेरास्ववियुका सचिव आरसी लामिछाने, केन्द्रिय बालसंगठनका सदस्य मोहन भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !