काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधब कुमार नेपाल संग भेट गर्नु भएको छ । भेटमा समसामयीक राजनैतिक परिस्थितिको बारेमा कुरा भएको परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए । तेश्रो महाधिवेशनको संघारमा रहेको परिवार दलले आगामी निर्वाचनमा सशक्त रुपमा सहभागी हुने बताउदै आएको छ । केहि हप्ता अघि मात्रै परिवार दलले २ नम्बर प्रदेशको सबै जिल्लामा उत्पीडित समुदायको लागि राहत सामग्री वितरण गरेको थियो। परिवार दलले नेपालको संबिधान मान्ने सबै राजनैतिक दललाई मित्र शक्तिको रुपमा चित्रण गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस !