चितवन । सुरक्षित बचत तथा ऋण सहकारी सस्था लि. कालिका-६, खोलेसिमलको आयोजनामा भएको रक्तदान कार्यक्रममा ९२ जनाले रक्तदान गरेका छन ।
सस्थाको १४औं वार्षिक साधारण सभाको अबसरमा सो रक्तदान कार्यक्रम गरिएको हो । सस्थाले हरेक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ । सो कार्यक्रममा १५ जना महिला सहित ९२ जनाले रक्तदान गरेका थिए ।
कोरोना महामारीको अबस्थामा जिल्लामा हुनसक्ने रगतको अभावलाई कमि गर्न समेत सो रक्तदान कार्यक्रमले महत्त्वपुर्ण भुमिका खेल्न सक्ने उध्येश्यका साथ कार्यक्रम गरिएको कार्यक्रम संयोजक भिमप्रसाद खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !