चितवन । रत्ननगर टाँडी स्थित एटुजेड मोवाईल हाउसमा चोरी भएको छ । शुक्रवारराती मोवाईल हाउसको सटर फोडेर ३२ थान मोवाईलसहित केही थान घडी चोरी भएको प्रहरीले जनाएको छ । रडको प्रयोग गरि चोरले सटरको लक तोडेको थियो । शनिबार विहान स्थानीयले सटर फोडेको देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीलाई टिपाएको रिपोर्टमा विभिन्न कम्पनीका ३२ थान मोवाईल र केही थान घडी चोरी भएको उल्लेख छ ।पसलमा रहेको सिसिक्यामरामा देखिएको चोरको हुलियाको आधारमा उनीहरुको खोजी सुरु भएको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !