चितवन । नारायणी नदीले सतर्कता तह पार गरेको छ । जलमापन केन्द्र देवघाटका अनुसार अहिले नारायणी नदीको सतह ७.३३ मिटर पुगेको छ । ७ मिटर पुगेपछि सतर्कता तह पार गरेको मानिन्छ ।

निरन्तर परिरहेको झरीले गर्दा नारायणीको सतह निरन्तर बढिरहेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सर्वसाधरणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै प्रशासनले हुन सक्ने संभावित भवितव्यलाई मध्यनजर गर्दै सबै संयन्त्रलाई तयारीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !