काबुल । अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर आत्मघाती बम विष्फोट गराइँदा १३ अमेरिकी सहित ९० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २८ जना तालिवान सदस्य भएको बताइएको छ । घटनामा १ सय ५० जनाभन्दा बढी घाइते भएको समाचार छ ।

आक्रमण इस्लामिक स्टेटसँग सम्वद्ध समूहले गराएको बताइएको छ । जिहादिस्टहरुको आक्रमणका बाबजुद पनि अमेरिकी उद्दार कार्य नरोकिने अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनु भएको छ ।

जस्तोसुकै कठिन परिस्थिति भएपनि मिसन पूरा पर्ने अवस्था रहेको राष्ट्रपति बाइडनको भनाई छ । गत १५ अगस्टमा तालिवानहरुले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि अमेरिकाले थालेको उद्दार मिसन मार्फत् हालसम्म १ लाख भन्दा बढी मानिसको उद्दार गरिसकिएको छ ।

तालिवानहरुको त्रासले कयौं अफगानीहरु विमानस्थलमा ओइरिएका छन् । आगामी ३१ अगस्टसम्म अमेरिकाले उद्दार मिसन जारी राख्ने जनाएको छ । बेलायती र अमेरिकी उद्दार मिसनलाई लक्षित गरी दुई वटा बम विष्फोट गराइएको हो । विष्फोटमा बेलायती अधिकारीहरु हताहती भएको पाइएको छैन ।

प्रतिक्रिया दिनुहोस !