दाङ। दाङमा भैंसी चराउन राप्ती नदी किनारमा गएका एक व्यक्ति नदीमा बगेर वेपत्ता भएका छन् । लमही नगरपालिका-७ निवासी ४५ बर्षिय सुन्दरराम चौधरी भैंसी चराउन गएको तर, घर नफर्किएपछी नदीमा बगेको आश‌‌ंकामा खोजी जारी राखिएको छ ।

भैंसी घर फर्किएपनि मान्छे नफर्किएपछी परिवारले खोजी गरिदिन प्रहरी कार्यालयमा निवेदन दिएका थिए । त्यसपछी ईलाका प्रहरी कार्यालय अमिलियाको टोली र स्थानीय बासिन्दा ती व्यक्तिको खोजीमा जुटेका छन् ।

हिजोदेखी चौधरीको खोजी जारी राखिएको र अहिलेसम्म फेला नपरेको जनाइएको छ । ९ गते दिउँसो भैंसी चराउन गएका चौधरी घर नफर्किएपछी १० गते प्रहरी कार्यालयमा निवेदन दिइएको थियो । भैंसी घर फर्किएपनि मान्छे नफर्किएपछी नदीमा बगेको हुन सक्ने अनुमान गरिएको छ ।-

प्रतिक्रिया दिनुहोस !