चितवन। पहिरोले मुग्लिन नारायणगढ सडक दुइतर्फ नै अवरुद्ध भएको छ । निरन्तर परेको वर्षाका कारण पहिरो झरेपछि बाटो अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीका अनुसार  भरतपुर महानगरपालिका २९ सेतिदोभानमा ठूलो पहिरो खसेको छ । अहिले निरन्तर पानी परिरहेको र तत्काल पहिरो हटाउन कठिन हुने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस !