काठमाडौँ । निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको पाटीलाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ ।

वुधबार आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई राजनीतिक दलको मान्यता दिएको छ ।

सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशको सुविधा प्रयोग गरेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल गठन गरेका हुन् ।

सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्याले नै दल विभाजन सम्बन्धी अध्यादेशमा आधार जारी गरेपछि उनीहरु एमाले र जसपाबाट विभाजित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस !