काठमाडौं। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसम्बद्ध लेबोरेटोरी माध्यमिक आवासीय विद्यालयले पनि त्रिविको एक सय १३ रोपनी जग्गा आगटेको छ । यो स्कुल श्रेष्ठ संस्थापक रहेको लिटिल एन्जल्स सिस्टम अर्थात् गुठीका रुपमा चलेको छ । सुरुमा स्कुलको वेबसाइटमा श्रेष्ठसहित एड्भाइजरी बोर्डका सदस्यहरुको नाम नै राखिएको थियो । पछि विवाद भएपछि बोर्ड सदस्यको सूची हटाइयो ।

सुरुमा त्रिवि शिक्षा संकायका विद्यार्थीको शिक्षण अभ्यासको उद्देश्यले स्कुल स्थापना गरिएको थियो । १३ साउन ०५७ मा शिक्षा मन्त्रालय र गैरसरकारी संस्था शिक्षा समाजबीच १५ वर्षे सम्झौता भएअनुसार त्रिविले जग्गा उपलब्ध गराएको थियो । तर ०७२ साउन १२ गते सम्झौता सकिएको छ । त्रिविले जग्गा खाली गर्न पटक पटक ताकेता गर्दा पनि स्कुल व्यवस्थापनले छाड्न मानेको छैन । उल्टै, एक वर्षअघि जग्गा फिर्ता विषयमा छलफल गर्न गएमा त्रिविका कर्मचारीमाथि नै आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस !