काठमाडौं, । नेकपा एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिनुभएका माधवकुमार नेपालसँग २० प्रतिशत सांसद नपुग्ने देखिएको छ । निर्वाचन आयोगका अनुसार दर्ताका लागि बुझाइएको निवेदनअनुसार नेपालको २० प्रतिशत नपुगेको हो ।

दल दर्ताको निवेदनमा नेपालसँग ३१ जना सांसद रहेका छन । त्यो संख्या अहिले कायम रहेको सदस्य संख्याको २० प्रतिशत भए पनि त्यसमा केही सांसदको हस्ताक्षर छुटेकाले अपुग देखिएको हो । नेकपा एमालेसँग प्रतिनिधिसभामा १२१ र राष्ट्रियसभामा ३३ जना सांसद रहेका छन । कुल १५४ जना सांसदको २० प्रतिशत ३१ जना आवश्यक पर्ने भए पनि हस्ताक्षर नभएकोले मान्यता नपाउने भएसँगै माधवले सांसदमा २० प्रतिशत गुमाउनु भएको हो ।

निर्वाचन आयोगमा ३१ जना सांसदको नामावली पुगेको भए पनि झलनाथ खनालसहित ३ जनाको हस्ताक्षर छुटेको जनाएको छ । खनाल उपचारका लागि दिल्लीमा हुनुहुन्छ भने एकजना सांसदले दुई ठाउँमा हस्ताक्षर गरेको पाइएको आयोगले बतायो। निर्वाचन आयोगस्रोतका अनुसार हस्ताक्षर छुटेकालाई पछि हस्ताक्षर गर्न दिन मिल्दैन । त्यसबाहेक खनाल भारतमा हुनुहुन्छ । उहाँको पनि हस्ताक्षर छैन । आयोगका अुनसार निवेदनमा भएबाहेक बाहिर हुने सदस्यले सनाखत गर्ने कुनै कानुनी व्यवस्था छैन ।

यस्तै आज आयोगमा उपस्थित भएर आफूहरु ‘माधव नेपाल समूह’ का भएको जनाउने माधवका सम्धी सोमप्रसाद पाण्डेसहितका सांसदको पनि सनाखत गराउने कानूनी ब्यवस्था नरहेको आयोगस्रोतको भनाई छ । एमालेले माधवसहित १४ जनालाई यसअघि नै कार्वाही गरिसकेको छ । यो तथ्यपछि माधवले हिजो चन्द्रागिरीमै पार्टी दर्तासमेत हुन नदिएर घर न घाटको अवस्थामा पुर्याउने प्रयाश भएको अभिब्यक्ति दिनुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस !