बेल्जियम । सामाजिक अभियान्तको रुपमा परिचित धादिङ बुढाथुमका लोकप्रसाद दाहाल हाल बेल्जियममा बसोबास गर्दै आउनु भएको छ । दाहालले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने एनआरएनए अधिवेशनमा आफ्नो उम्मेदवारी कोषाध्यक्षमा रहने बताएका छन् ।

यस अघि फराकिलो मतान्तरले सह–कोषाध्यक्षमा विजयी बनेका दाहालले १,१८४ मत ल्याए भने उनको प्रतिद्वन्दी गौतमले ८५२ मत मा सिमित भएका थिए । सह–कोषाध्यक्ष निर्वाचित भए सँगै उनले संस्थामा आर्थिक पारदर्शिताको शुरुआत गरेका थिए ।

हालै सम्पन्न गैरआवासीय नेपाली संघ बेल्जियमको निर्वाचन समितिको संयोजक समेत रहेका दाहाल बेल्जियममा निकै मिलनसार र सहयोगी व्यक्तिको रुपमा परिचित छन् ।

उनी एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष तथा पूर्वमहासचिव समेत हुन् ।बेल्जियममा रेष्टुरेन्ट व्यबसाय गर्दै आएका दाहालले नेपालमा हाईड्रो पावर, अस्पताल, युरोपियन वाईन वियर, सेयर मार्केटमा लगानी गरेका छन् भने साथमा परोपकारी कामहरु पनि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !