काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपालसहित उनीनिकट सांसद र केन्द्रीय सदस्यहरु आवासीय भेलाका लागि चन्द्रागिरि रिसोर्टमा पुगेका छन् ।

सोमबार र मंगलबार चन्द्रागिरिमै छलफल गर्ने र बुधबार त्यहाँबाट सिधै निर्वाचन आयोग जाने नेता मेटमणी चौधरीले बताए । नयाँ पार्टीको सांसद र केन्द्रीय समितिमा रहेका नेतालाई भावी कार्ययोजना बनाउन छलफलका लागि बोलाइएको नेता चौधरीले जानकारी दिए। उनका अनुसार रिसोर्टमा पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल हुनेछ ।

यसअघी उक्त समूहले ‘जनताको बहुदलीय समाजवाद’को च्याप्टर क्लोज भएको बताएको थियो । जबजलाई अँगाल्न नसकिने भन्दै पार्टी नाम समेत नेकपा (एकीकृत समाजवादी) राखेर जनताको बहुदलिय समाजवाद अँगाल्ने निर्णय गरेको समूहले यसै बिषयमा छलफलका लागि आवासीय भेला बोलाएको हो ।

जबज र जबसका बिषयमा सर्वोच्च अदालतले नेकपा खारेज गर्नुभन्दा अगाडी तत्कालिन नेकपामा विवाद हुँदै अँएको थियो । त्यसबेला पूर्वमाओवादीहरु जबसलाई अँगाल्ने पक्षमा थिए भने पूर्वएमालेहरु जबजलाई अँगाल्ने पक्षमा थिए । अहिले एमालेबाट विभाजित भएर प्रस्तावित नेकपा (एकीकृत समाजवादी)मा समेत यो विवाद कायम रहेको छ ।

भेलाले सरकारमा सहभागी हुनेबारेमा पनि छलफल गर्नेछ । मन्त्रीहरुकोको टुंगो समेत उक्त भेलाले दगाउने दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !