काठमाडौँ । भारतबाट बिजुली आयात गरेर लोडसेडिङ अन्त्यको चर्चा बटुलेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुन नयाँ फण्डा बाहिर आएको छ । उहाँले प्राधिकरणको ३५ औं वार्षिकोत्सवमा मात्रै मिडियालाई विज्ञापनबापत झण्डै १ करोड रुपैयाँ खर्चिएको रहस्य बाहिर आएको हो ।

घिसिङले ३५औं वार्षिकोत्सवमा ७३ लाख १८ हजार ५ सय ५७ रुपैयाँ विज्ञापनबापत उपलब्ध गराएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उहाँले पत्रपत्रिका, अनलाइन र टिभीमा विज्ञापनबापत सो रकम खर्चिएको देखिएको हो । जनताको पैसालाई मनोमानी रुपमा खर्च गरेर मिडियालाई आफ्नो पक्षमा पारेको भन्दै कुलमानविरुद्ध अख्तियारमा उजुरीसमेत परेको छ ।

घिसिङको यसअघिको कार्यकालमा कुल २८ करोड रुपैयाँ विज्ञापनबापत खर्च गरेको र त्यसैबाट मिडिया उनको पक्षमा भएको भन्दै छानबिन गर्न माग गर्दै अख्यिारमा उजुरी परेको हो । उहाँले औसतमा वार्षिक रूपमा ७ करोड रुपैयाँ विज्ञापनमा खर्च गरेको अख्तियारको उजुरीबाट देखिन्छ । ४ वर्षे कार्यकालमा घिसिङले २८ करोड रुपैयाँ खर्च गरेको र छानबिन गर्नुपर्ने भन्दै उजुरी परेको हो ।
३५औं वार्षिकोत्सवमा कुलमान घिसिङले गरेको खर्चको विवरण

 

प्रतिक्रिया दिनुहोस !