चितवन । गामबेसीको चेपाङ संरक्षण केन्द्र, मङलपुर, रत्ननगरले आज एक कार्यक्रमको आयोजना गरि सामाजिक बिकास मन्त्री कृष्णप्रसाद खनाललाई स्वागत तथा शुभकामना व्यक्त गरेको छ ।
केन्द्रद्वारा आज आयोजित कार्यक्रममा नेपाल सरकार, बागमती प्रदेशका सामाजिक बिकास मन्त्री खनाललाई केन्द्रको तर्फबाट स्वागत तथा सम्मान गरिएको हो । सो स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री खनालले समग्र बागमती प्रदेश र चितवनको बिकासमा आँफु सधै लाग्ने बताउँदै अल्पसंख्यक चेपाङको शैक्षिक र आर्थिक बिकासमा आफू सधै लागिपर्ने बताउनु भयो ।
सो कार्यक्रममा केन्द्रका अध्यक्ष केपी किरण शर्माले देशभरका  चेपाङको अबस्था बारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा पञ्चतेज ज्योति आधारभूत बिधालयका प्राचार्य रामबहादुर राना, केन्द्रका सल्लाहकार डा. निमेष खनाल, केन्द्रका सचिव एवं पत्रकार अनिता अर्याल, सदस्य एवं पत्रकार शिशिर सिंखडा, रबि रोषी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !