सल्यान । कर्णाली प्रदेशका विभिन्न जिल्लामा घुमन्ते जीवन बिताउँदै आइरहेका राउटे समुदायले स्वास्थ्य परीक्षण गर्न नमान्ने गरेको पाइएको छ ।

शनिबार राउटे समुदायको बस्तीमै गएर गरिएको स्वास्थ्य शिविरमा १४० मा जम्मा १२ जना राउटेले मात्र स्वास्थ्य परीक्षण गराएका छन् ।

खाद्यान्न लगायत अन्य सामानका लागी अग्रसर हुने तर स्वास्थ्य परीक्षणमा भने निकै कम मात्रामा सहभागी भएको सल्यान जिल्ला अस्पतालका मेडिकल डा. भीमकान्त जैसीले बताउनुभयो ।

स्वास्थ्य परीक्षण गरिएका व्यक्तिमा पनि ठूलो समस्या नदेखिएको उनको भनाई छ । छाला, बाथ, घुँडा दुख्ने जस्ता समस्या देखिएको उनको भनाई छ । उपचारमा राउटे समुदाय सक्रिय नहुँदा उनीहरूको स्वास्थ्य आउने समस्या के हो त्यो पहिचान गर्न नसकिएको डा. जैसीले बताउनुभयो । उनले भने महिलाहरू अगाडि आएर जाँच गर्न हिचकिचाउने, बोल्न नमान्ने गरेका कारण सबैको स्वास्थ्य परीक्षण गर्न सकिएन ।
चार जनाको मृत्यु भएपछि सुर्खेत बसाई सरे

सल्यानमा आएको दुई महिनामै चार जनाको मृत्यु भएपछि घुमन्ते जीवन बिताउने राउटे समुदाय सुर्खेत नै गएका छन् । असार ८ गते सल्यानको कालीमाटी गाउँपालिका –५ काल्चेको डाँडमा बस्दै आएका राउटे पुनः सुर्खेत नै फर्किएका हुन ।

उनीहरू सल्यान र सुर्खेतको सिमाना गुर्भाकोट नगरपालिका –१ सिमसारमा बसेका छन् ।

जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका दुई वर्षीया मयो शाही, ३४ वर्षीय दल बहादुर शाही, २१ वर्षीय मानसिहं शाही र गत बुधवार सात वर्षीया डवी शाहीको मृत्यु भएपछि बसाई सराई गरेका हुन । मुखिया वीर बहादुर शाहीका अनुसार डवी शाहीको मृत्यु भएपछि बसाइसराई सरेको हो ।

प्रतिक्रिया दिनुहोस !