काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि सनाखत गर्न भदौ ९ गते बोलाएको छ ।

आयोगको आज बसेको बैठकले दल दर्ताका लागि नेपाल नेतृत्वमा प्रस्ताव गरिएको नेकपा एकीकृत समाजवादी र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी सनाखत गर्न भदौ ९ गते बोलाइएको आयोगका सहायक प्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिनुभयो ।

आजै नेपाल पक्षले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल राखेर आयोगमा निवेदन दर्ता गरेको थिए ।

प्रस्तावित दलका नेता र सांसदहरूलाई हस्ताक्षर गर्न भदौ ९ गते बुधवार बिहान साढे ११ बजेदेखि २ बजेसम्म समय छुट्याएको आयोगका सहायक प्रवक्ता धमलाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !