बारा । बसको ब्रेक फेल हुँदा चालकको मृत्यु हुनुको साथै आठ जना घाइते भएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–२२ पुर्व पश्चिम लोकमार्ग सडक खण्डको चुरियामाई ओरालो चढ्ने क्रममा बिहीबार साढे १० बजे काठमाडौँबाट रौतहटको बंकुल आउँदै गरेको ना ६ ख ४६४१ नम्बरको बसको ब्रेक फेल हुँदा सोही दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००१ प ४११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर बस पल्टिँदा बसको चालकको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सोही बसका चालक मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका वडा नम्बर–८ कमाने बस्ने ४९ वर्षीय धर्मराज रेग्मीको उपचारको क्रममा सवा ११ बजे मृत्यु भएको प्रदेश नम्बर–२ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिमाल्यकुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !