चितवन । नेपाली कांग्रेसको आगामी भदौ २७ गते हुने रत्ननगर नगरपालिकाको १४ औँ महाधिवेशनमा प्रल्हाद सापकोटाले सभापतिमा उम्मेदवारी दिने भएका छन ।
हाल चितवन कांग्रेसको कार्य समिति सदस्य तथा तरुण विभागको युवा परिचालन संयोजक समेत रहेका उनि लामो समयदेखि सामाजिक कार्यमा समेत क्रियाशिल रहदै आएका छन् ।

उनले आफु निश्वार्थ हिसावले राजनीतिलाई समाज सेवा बनाउन चाहेकाले उम्मेदवारी दिने बताए । ‘म पार्टी र समाजको सेवाका लागि राजनीतिमा आएको हुँ । मेरो उम्मेदवारी पनि त्यसैका लागि हो,’ सापकोटाले भने, ‘सबैको साथ र सहयोगले मलाई सेवा गर्ने मौका मिल्नेछ भन्ने विश्वास छ ।’
कांग्रेसले केन्द्रदेखि जिल्लासम्म महाधिवेशन सारे पनि चितवनमा भने तोकिएकै मितिमा सम्पन्न गर्ने गरि तयारी थालिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस !