काठमाडौँ । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी विवादास्पद अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।

सर्वोच्चमा अध्यादेशविरुद्ध हालसम्म पाँच वटा रिट निवेदन पेस भइसकेका छन् ।

सरकारले मंगलबार पार्टी फुटाउने सजिलो बनाइदिने राजनीतिक दलसम्बन्धी ल्याउन सिफारिस गरेको थियो भने राष्ट्रपति विद्यादेवी भण्डारीले वुधबार प्रमाणीकरण गरेकी थिइन् ।

अध्यादेशको चौतर्फी विरोध भएपनि त्यही अध्यादेशका आधारमा नेकपा एमालेबाट माधव नेपाल समूह र जसपाबाट महन्थ ठाकुर पक्ष फुटिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस !