
काठमाडौँ । नेकपा (एमाले) फुटाएर गठन गर्न लागिएको माधवकुमार नेपाल नेतृत्वको पार्टीमा नेपाल पक्षका प्रभावशाली नेताहरु विभाजनको विपक्षमा उभिएका छन् ।
सरकारले पार्टी फुटाउन सजिलो बनाएर अध्यादेश ल्याएपछि नेपाल पक्ष नयाँ दल दर्ता गर्न लागेको हो ।
नेपाल पक्षले नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब भएको दल दर्ता गर्दैछ ।
तर, नेपाल पक्षमा रहेका उनीसहित १४ जना स्थायी कमिटी सदस्यहरूमध्ये ११ जना नयाँ दल गठनको विपक्षमा उभिएका छन् ।
वेदुराम भुसाल र मुकुन्द न्यौपाने बाहेक अन्य सबै एमाले विभाजनको विपक्षमा रहेका छन् ।
वुधबार नेपाल पक्षले गरेको छलफलमा समेत अनुपस्थिति जना थिए ।
स्थायी समिति सदस्यहरु झलनाथ खनाल, वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, सुरेन्द्र पाण्डे. घनश्याम भुसाल र रघुजी पन्तले पनि नयाँ दल गठनमा साथ नदिने भएका छन् । खनाल भारतको नयाँ दिल्लीमा उपचाररत छन् ।
त्यस्तै, भीम रावल, गोकर्ण विष्ट र योगेश भट्टराईले यसअघि नै विभाजनको विपक्षमा बस्ने घोषणा गरिसकेका छन् ।