काठमाडौँ । वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नयाँ मुख्यमन्त्री बन्ने भएकी छन् ।

डोरमणी पौडेलले आजै राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बन्ने भएकी हुन् ।

मुख्यमन्त्री डोरमणी पौडेलको प्रस्तावमा संसदीय दलको नेतामा शाक्य सर्वसम्मत चयन भएपछि अब मुख्यमन्त्री परिवर्तन हुने प्रमुख सचेतक दीपक निरौलाले जनाएका छन् ।

पौडेलले प्रदेश प्रमुख समक्ष राजीनामा दिँदैछन् । शाक्य आजै वागमतीको मुख्यमन्त्री नियुक्त हुने बताइएको छ ।

सपथग्रहण भने भोलि हुनेछ ।

प्रतिक्रिया दिनुहोस !