काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर सरकारले अस्थिरता निम्त्याउन खोजेको आरोप लगाएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै सचिव विष्टले अध्यादेश ल्याउने प्रतिगामी निर्णयको सबैले विरोध गर्न आह्वान गरेका हुन्।

शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलबार दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णयपछि माधव नेपाल समुहका भनेर चिनिएका नेता विष्टले यस्तो बताएका हुन्। एमालेभित्र वरिष्ठ नेता नेपालको पक्षमा रहँदै आएका सचिव विष्टले अध्यादेशको विरोध गरेर एमालेमै रहने संकेत दिएका छन्।

उनले सरकारको निर्णय खेदजनक भन्दै यसले दलभित्र उत्पन्न हुने अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्ने उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस !