काठमाडौं । सरकारले २० प्रतिशत भए पार्टी फुटाउन पाइने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेकोप्रति नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ । आज बसेको एमाले स्थायी कमिटी बैठकले अध्यादेश ल्याउने सरकारले योजना निन्दनीय र अस्वीकार्य भएको ठहर गरेको हो ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारको विभाजनकारी योजनाको आफूहरुको गम्भीर विरोध रहेको बताउनु भयो । प्रवक्ता ज्ञवालीका अनुसार बैठकले सरकारको योजनाको खबरदारी गर्दै सशक्त प्रतिवाद गर्ने निणर्य गरेको छ । बैठकले देउवा सरकारको योजनाअनुसार हुन लागेको फुट बिभाजनतिर नगई एकताको पक्षमा लाग्न पार्टी नेता कार्यकर्तालाई आह्वान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस !