काठमाडौं । मन्त्रिपरिषद्को बैठक सकिएको छ। मंगलबार बिहान करिब साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक करिब एक घण्टा बसेर सकिएको हो।

बैठक सकिएपनि मन्त्रिपरिषद् बैठकका निणर्य भने सार्वजनिक गरिएको छैन। संसद्को दुवै अधिवेशन अन्य गरेपछि बसेको मन्त्रिपरिषद्को बैठकबाट रानजनीतिक दलसम्बन्धी अध्यादेश जारी हुने चर्चा भइरहेको छ।

नेकपा एमाले, जनता समाजवादीसहितका दलहरू फुटको संघारमा रहेका बेला अध्यादेश जारी हुने भन्दै मन्त्रिपरिषद्को बैठकलाई चासोका साथ हेरिएको छ। तर, सरकारका प्रवक्ताले मन्त्रिपरिषद् बैठकका निणर्य अहिलेसम्म सार्वजनिक गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस !