काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी छ। आज बिहान सवा ११ बजेदेखि मन्त्रिपरिषदको बैठक जारी छ। सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ। सो विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

मन्त्रिपरिषदको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले राति १२ बजेदेखि लागू हुने गरी दुबै संसदको अधिवेशन अन्त्य गरेकी थिइन्।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की,अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, मुख्य सचिव शंकरदास बैरागीलगायत ६ जनाको उपस्थिती रहेको छ।

प्रतिक्रिया दिनुहोस !