निर्मल धिताल, चितवन । राष्ट्रिय युवा संघ कालिका  वडा नं ३ को विस्तारित भेला र वडा कमिटी गठन सम्पन्न भएको छ ।

आज  कालिका नगरपालिका वडा नं ३ को सभाहलमा भएको उक्त कार्यक्रमको अध्यक्षता युवा संघ कालिकाका संयोजक पुर्ण चौधरीले गरेका थिए । त्यस्तै उक्त कार्यक्रममा युवा संघ नेपालका पुर्व केन्द्रिय लेखा आयोगका अध्यक्ष कमलराज पाठकको प्रमुख आथित्यता रहेको थिए।

कार्यक्रमका विशिष्ट अतिथि तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिव प्रताप डल्लाकोटीले विकृति विसंगति र बढ्दो भ्रष्टाचारको चिरफार गर्दै आगामी दिनमा समाज परिवर्तनका लागि युवा संघ अगाडि बढ्ने प्रतिवद्धता जाहेर गरे ।

राष्ट्रिय युवा संघ नेपाल वडा कमिटीमा निमा दोर्जे लामा(अनिल) को अध्यक्षतामा ५१ सदस्यीय ,युथ फोर्स सबिन साहीको नेतृत्वमा ४१ सदस्यीय , साइबर सिनेमा अनिल सापकोटाको संयोजकत्वमा ५ सदस्यीय र नेपाल खेलकुद महासंघ सनम थापा मगरको नेतृत्वमा ५ सदस्यीयको वडा कमिटी गठन भएको छ।

राष्ट्रिय युवा संघ कालिका नगरकमिटीका इन्चार्ज अमृत घिमिरेले संचालन गर्नु भएको उक्त कार्यक्रममा  युवा संघ जिल्ला सदस्य नगेन्द्र गिरीले स्वागत मन्तव्य दिएका थिए । त्यस्तै उक्त कार्यक्रममा युवा संघका नेता तथा पत्रकारहरुको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !