काठमाडौँ । रुपन्देहीमा एक महिलालाई बलात्कार गरेको आरोपमा एकजना गाउँपालिकाका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला छन् । रुपन्देहीका डीएसपी सत्यनारायण थापाका अनुसार स्थानीय एक महिलाको उजुरीका आधारमा उनलाई बिहीबार नियन्त्रणमा लिइएको हो । उनी जनता समाजवादी पार्टीका नेता हुन । उनी स्थानीय निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस !