काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या नभई नेपालको अभिन्न र पविज्ञ अङ्ग भएको बताएका छन् ।

सरकारको साझा न्यूनतम कार्यक्रममा नेपालको भूभाग लिम्पयाधुरा, लिपुलेक र कालापानीलाई ‘समस्या’का रुपमा राखिएकोप्रति आक्रोश व्यक्त गर्दै अध्यक्ष ओलीले ती भूभाग समस्या नभई नेपालको अभिन्न र पवित्र अङ्ग भएको बताएका हुन् ।

आज मंगलबार जारी प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नो भूभागलाई ‘समस्या’मा राखेर के छोडिदिन खोजिएको हो भन्दै प्रश्न समेत गरेका छन् । ‘यो समस्या हो भनेर समाधानका निम्ति छोडिदिने भन्न खोजिएको हो ? होइन भने फिर्ता ल्याउँछु भन्न किन नसकेको ?’ ओलीले प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !