चितवन । नेपाल सरकारद्वारा घोषणा गरिएको मास्क अभियान र नेपाल प्रहरीको “तपाईं को मास्क खै ? ” अभियानलाई जोडदै आजबाट पुर्बी चितवनमा पाँच दिने मास्क बितरण अभियान शुरु गरिएको छ । पहिलो दिन: रत्ननगर नगरपालिका वडा न २ टाडीचोकमा लायन्स क्लव अफ चितवन नेसनल पार्क र लियो क्लब अफ रत्ननगर तथा रत्ननगर नगरपालिका वडा न १३, जयमङलाचोकमा लायन्स क्लब अफ रत्ननगर पन्चकन्याले कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको प्रारम्भ ईलाका प्रहरी कार्यलय रत्ननगरका प्रमुख श्री इन्द्रबहादुर रानाद्वारा गरिएको छ । कार्यक्रमलाई शिवशिखर बहुउद्देश्यीय सहकारी सस्था लि. र गार्डन् मार्ट डिपार्टमेन्टल स्टोरले सहयोग प्रदान गरेको छ । दोस्रो दिन भोलि: र रत्ननगर नगरपालिका वडा न १, सौराहा चोकमा लायन्स क्लब अफ रत्ननगर र लियो क्लब अफ राइनो रत्ननगर तथा खैरहनी नगरपालिका, पर्सा चोकमा लायन्स क्लब अफ चितवन ढाकाटोपीद्वारा आयोजना गरिने छ । कार्यक्रमको संयोजन लायन्स क्लब अफ चितवन नेशनल पार्कले गरेको छ ।

प्रतिक्रिया दिनुहोस !