पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य पनि हटाइयो !

काठमाडौं । नेकपा एमालेको विधान संशोधन मस्यौदा कार्यदलले अब पार्टीमा अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी केन्द्रीय सदस्यले निर्वाचित गर्ने व्यवस्था गरेको छ ।

पार्टीका उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठिन कार्यदलले यो नयाँ व्यवस्था प्रस्ताव गरेको हो । उक्त प्रस्ताव आजै बसेको एमाले स्थायी कमिटी बैठकले अनुमोदन गरिसकेको छ भने त्यसपछि शुरु भएको केन्द्रीय कमिटी बैठकमा पेश भएको छ ।

त्यसैगरी एमालेको संशोधित विधानमा प्रस्तावमा २२५ जनाको केन्द्रीय कमिटी, उपाध्यक्ष घट्ने, सचिव बढ्ने व्यवस्था पनि गरिएको छ । संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइएको छ भने पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।

यसैगरी पार्टीमा उपाध्यक्षको सङ्ख्या घटाउने र सचिवको सङ्ख्या बढाउने प्रस्ताव पारित विधानमा गरिएको छ । यस्तै विधानमा प्रदेश कमिटीलाई कार्यकारिणी बनाइने समेत उल्लेख गरिएको छ ।

स्थायी किमिटीबाट पारित प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेपछि लागू हुने छ ।

प्रतिक्रिया दिनुहोस !