चितवन । चितवनमा कोरोना संक्रमणबाट एकै दिन ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांकअनुसार आज भरतपुर अस्पतालमा तीन जना, चितवन मेडिकल कलेजमा दुई जना र पुरानो मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो ।
मृतकहरु मध्ये चितवनका तीन जना, धादिङको एक जना, तनहुँको एक जना र नवलपरासीको एक जना रहेका छन् । त्यसैगरी चितवनका विभिन्न अस्पतालमा कोरोनाका २६० जना बिरामी रहेका छन् । जसमध्ये आईसीयूमा ९६ जना, भेन्टिलेटरमा ३२ जना, एचडीयूमा ५३ जना र जेनरल बेडमा १११ जना रहेका छन् । चितवनमा विगत २४ घण्टामा २४ जना कोरोनाका बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस !