काठमाडौं । साताको शुरु दिन आज आइतबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ ।

गत शुक्रबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य भने तोलामा १ हजार ४५० रुपैयाँले घटेर आज ८९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । मूल्य घटेसँगै आज चाँदी प्रतितोला १हजार २४० रुपैयाँमा काराबोर भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !