काठमाडौं । आइतबार बस्ने भनिएको एमालेको केन्द्रीय कमिटीको बैठक अचानक स्थगित भएको छ ।

केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले आइताबरको केन्द्रीय कमिटी बैठक स्थगित गरेर सोमबारका लागि बोलाइएको बताए । सोमबार बिहान ११ बजे स्थयी कमिटीको बस्ने र तीन बजे केन्द्रीय कमिटी बस्नेछ ।

पार्टीको विवाद समाधानका विषयमा वरिष्ठ नेता माधव नेपाल समूह लचिलो भएपछि अध्यक्ष केपी ओलीले बैठक स्थागित गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !