चितवन । रत्ननगरको सौराहाचोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
गएराति सौराहाचोकबाट सौराहा तर्फ जादै गरेको बागमती प्रदेश ८९३१ नम्बरको मोटरसाईकलले पैदल यात्रुलाई ठक्कर दिई विपरित दिशातर्फबाट आइरहेको ना १ ज ४८५९ नम्बरको ट्याक्सीमा ठोक्कीदा मोटरसाइकलमा सवार रत्ननगर १२ निवासी सन्देश चौधरीको घटनास्थलमै ज्यान गएको हो ।
मोटरसाइकलले ठक्कर दिई घाइते भएका पैदल यात्रु रत्ननगर १ निवासी कृष्णलाल श्रेष्ठको भने सामान्य अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !