रबि रेग्मी, गोरखा । गोरखाको गण्डकी गाउँपालिका वडा नं ७ बेलटारमा रहेको प्रजा ज्योति आधारभूत विद्यालयको भवन उद्वाटन गरिएको छ । ७० लाख रुपैयाँ लागतमा बनेको भवनको आज गाउँपालिका अध्यक्ष होम बहादुर राना मगरले उद्वाटन गर्नु भएको हो ।  कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रानाले विद्यालयलाई थप चार कोठे भवन गाउँपालिकाको लगानीमा एक बर्षभित्र बनाईदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले अब विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनु पर्ने पहिलो प्राथमिकता रहेको बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै वडा नं ७ का वडा अध्यक्ष तुलसी रेग्मीले राम्रो भवन बन्यो अब विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन जोड दिनुभयो । यहाँ अधिकांश चेपाङ समुदायको विद्यार्थी पढ्ने पनि भएकाले र चेपाङ समुदायको भाषा लोप हुँदै गएकाले विद्यालयमा चेपाङ भाषाको सामान्य ज्ञान पनि दिनु पर्ने बताउनु भयो । कार्यक्रममा  श्री शिव आधारभूतका प्रधानध्यापक प्रकाश रेग्मीले चेपाङ समुदायमा अधिकांश बालबालिकाहरु बालश्रम र सानै उमेरमा बिवाह गर्ने गरेकोले यसलाई रोक्न जनप्रतिनिधिहरुले सरकारले दिने सेवा सुविधामा कडाई गरेमा बालबालिकाहरु विद्यालय आउने वातावरण बन्न सक्ने बताउनु भयो ।

यसैगरी विद्यालयका प्रधानाध्यापक निमर्ला अर्याल रेग्मीले भवन निर्माणमा लागेको आयव्यय प्रस्तुत गर्नु भएको थियो । उहाँले भवन निर्माणको लागि ७० लाख रकम लागेको बताउनु भयो । जसमध्ये जिल्ला अयोजना कार्यान्वयन इकाई ( शिक्षा ) गोरखाले ६८ लाख ४८ हजार ९ सय २७ र विद्यालयले केही रकम थप गरेर निर्माण गरेको जानकारि दिनु भयो। त्यस्तै उहाँले १ देखि ३ सम्म विद्यालयमा अध्यपन्न हुने र विद्यालयमा ७८ जना विद्यार्थी अध्यनरत रहेको तथा उनिहरु सबै सिमांतकृत जाती चेपाङ जातिको रहेको बताउनु भयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगर, वडा नं ७ का वडा अध्यक्ष तुलसी रेग्मी,जिल्ला आयोजना इकाई प्रमुख प्रकाश महर्जन, विभिन्न विद्यालयको प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि, नमस्ते तारा फाउन्डेसनका सचीव अशेस खनाल, गाउँका बुद्धिजिवि, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीको, अभिभावक विद्यार्थीको उपस्थिति रहेको थियो । विभिन्न सांगीतिक कार्यक्रम पनि भएको थियो ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर चेपाङको अध्यक्षतामा भएको कार्यक्रमा बिद्यालयका शिक्षक निराजन चेपाङले स्वागत मन्तव्य राख्नु भएको थियो भन्ने कार्यक्रम संचालन बिद्यालयका शिक्षिका मितृका खकुरेलले गर्नु भएको थियो । विनाशकारी भुकम्पले क्षति पुर्याएको बिद्यालयको २०७६/०६/२१ गतेदेखि निर्माण कार्य थालनी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !