पुजा ढकाल,  चितवन । सप्तगण्डकी बहुमुखी क्याम्पसले हिजो आफ्नै सभाहलमा एक कार्यक्रमको आयोजना गरी बिगत लामो समय देखि त्यहाँ कार्यरत रहनु भएको पुर्व क्यम्पस प्रमुख , प्राध्यापक र एक कर्मचारीलाई सम्मान तथा बिदाइ कार्यक्रमको आयोजना गरेको थियो ।
क्याम्पस प्रमुख  मणिराज महतोको अध्यक्षता र संचालक समितिका अध्यक्ष टेक बाहादुर थापाको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रममा मिति २०५४ भाद्र २४ गतेदेखि २०७८ श्रावन ७ गते सम्म कार्यरत रहनुभएको र हाल वैदेशिक शिक्षाका लागि अमेरिक जान लाग्नु भएको पुर्व क्याम्प प्रमुख खेम नारायण सापकोटा, मिति २०५२ वैशाख २१ गतेदेखि २०७७ वैशाख १२ गतेसम्म कार्यरत रहनुभएको शिक्षक नन्दलाल पौडेल त्यस्तै मिति २०५१ चैत २० गतेदेखि २०७८ जेष्ठ २१ गतेसम्म कार्यरत रहनुभएको पशुपतिनाथ ढकाललाई फुल,अबिर, दोसल्ला र सम्मान पत्र प्रधान गरी बिदाइ गरिएको थियो ।

क्याम्पस प्रमुख मणिराज महतो र संचालक समितिका अध्यक्ष टेक बहादुर थापाले उहाँहरुले क्याम्पस प्रति देखाएको सद्भाव, स्नेह, माया र त्यागको बयान गर्दै आगामी दिनका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस्तै बिदाइ हुनु भएका पत्र खेम नारायण सापकोटा , नन्दलाल पौडेल र पशुपतिनाथ ढकालले क्याम्पसले देखाएको माया प्रति आफु सरंडिय रहेको भन्दै आगामी दिनमा जहाँ रहेपनि क्याम्पसलाई सधै सात सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै क्याम्पसको उतर उतर प्रगतिको कामना गर्नु भएको थियो ।

त्यस्तै उक्त बिदाइ तथा सम्मान कार्यक्रममा शिक्षक , विद्यार्थी संगठनका नेता तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !