
काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ४१ राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ ।
मंगलबार आयोगले एक विज्ञप्ति जारी गरी तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूको दर्ता खारेज गरेको हो ।
आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठको हस्ताक्षर रहेको विज्ञप्तिका अनुसार साउन २० गतेदेखि दल दर्ता खारेजको निर्णय लागू हुनेछ ।
आयोगको निर्णयसँगै अब दर्ता खारेज भएका दलहरूको नाम, झण्डा र चुनाव चिह्न एक वर्षसम्म अरुले प्रयोग गर्न पाउने छैनन् ।
निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूको संख्या ९५ वटामा सीमित भएको छ । यसअघि आयोगमा १३६ दल दर्ता भएका थिए ।