काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफू आबद्ध सबै संस्थाबाट अलग्गिएको घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले अंगरक्षकबाहेक राज्यबाट अरू केही पनि सुविधा नलिने घोषणा गरेका हुन् । सोमबार मन्त्रालयले गरेको भर्चुअल पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले सरकारी तलब र सुविधा पनि नलिने बताएका छन् । कानुनी रुपमा नै मन्त्रालयबाहेक अन्य सबै आफू आबद्ध संस्थाबाट अलग रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !