काठमाडौँ । नेकपा एमालेले स्थानीय तहका कमिटीहरूको अधिवेशन असोज ९ गतेभित्र सक्ने निर्णय गरेको छ ।

आइतबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आगामी असोज ९ सम्म गरिसक्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जनाएका छन् ।

बैठकले साउन २४ गतेलाई एमाले केन्द्रीय कमिटी बैठक आह्वान समेत गरेको छ । त्यस्तै, स्थायी कमिटीको बैठक सोमबार दिउँसो ३ बजे पुनः बस्ने भएको छ ।

त्यस्तै, महासचिव पोखरेलले पार्टीलाई एकतावद्ध बनाउन आवश्यक सबै प्रयासहरु जारी राख्ने निर्णय भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस !