काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानले सोमबार ‘चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) पुरस्कार वितरण’ कार्यक्रमको आयोजना गरी विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार वितरण गरेको हो ।

प्रतिष्ठानले यो वर्षको ‘उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म’ अवार्ड ‘डिक्सनरी’ भारतलाई प्रदान गरेको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले उत्कृष्ट राष्ट्रिय फिचर फिल्मितर्फ दोन्डुप टेसरिङले निर्देशन गरेको ‘आमा कान्दो’ नामक चललित्रलाई प्रदान गरे ।

त्यसैगरी उत्कृष्ट निर्देशन पनि ‘आमा कान्दो’ का निर्देशक दोन्डुप टेसरिङलाई प्रदान गरिएको छ । उत्कृष्ट प्यानडामिक डकुमेन्ट्रीतर्फ गणेश पाण्डेद्वारा निर्देशित ‘सिभिल सोल्जर’ लाई प्रदान गरिएको छ ।

त्यसैगरी उत्कृष्ट सिनेमाटोग्राफ्रतर्फ सिरिष गुरुङ, उत्कृष्ट लेखक (पुरुष) मा नवीन शिल्पकार र महिलातर्फ करिता गिरिलाई प्रदान गरिएको छ । प्रतिष्ठानका अध्यक्ष केपी पाठकले पाँचौँ संस्ककरणको आवेदन खुल्ला गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !