चितवन ।  बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले दार्चुला घटनाका दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन नसक्नु दु:खद भएको बताउनु भएको छ ।
आफ्नो नागरिकले अनाहकमा ज्यान गुमाउँदा पनि संघीय सरकारले कुट्नितिक पहल गर्न नसक्नुले सरकार प्रति जनताको बिश्वास टुटेको समेत प्रदेश मन्त्री लामाले बताउनु भयो ।
राप्ती नगरपालिका स्थित राप्ती एकता सामुदायिक वन फुलौरीमा निर्मित भष्माणी गैडा तालको उद्घाटनको क्रममा बोल्दै मन्त्री लामाले भारतीय एसएसबीले दिनदाहाडै नेपाली जनताको हत्या गरेको भन्दै सरकारले छिटो भन्दा छिटो दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउन समेत अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !