
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।
हिजो शनिबारका लागि बोलाइएको बैठक विघटित कार्यदलमा रहेका ओली र नेपाल पक्षका सदस्यहरुको आग्रहमा एजेण्डामा प्रवेश नगरी स्थगित भएको थियो ।
तर आजको बैठक भने नरोकिने एमालेले जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नआए पनि नरोकिने एमालेले जनाएको छ । बैठक दिउँसो ३ बजे ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति भवनमा बस्दैछ ।
सो बैठकमा विधान महाधिवेशनको तयारी, केन्द्रीय विभागहरु गठन र सदस्यता नविकरणसहितका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।