चितवन । पार्टी एकताको लागि बिघटित कार्यदलले समेत पहल कदमी गरिरहेको बेला चितवनमा भने माधव समुहले भेलाको आयोजना गरि कमिटी घोषणा गरेको छ । नेकपा एमाले नेपाल समुहले आज भरतपुर महानगर कमिटी घोषणा गरेको हो । भरतपुरमा आज आयोजित एक कार्यक्रममा एमाले नेपाल समुहले बिष्णु राज महतोको अध्यक्षतामा १ सय ७५ जना सदस्य रहेको महानगर कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा केशव राज पोखरेल रहेका छन भने सचिवमा रोहित सुवेदी, सह सचिवमा शोभा पण्डित रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रिय सदस्य तथा बाग्मती प्रदेश कमिटीका सह संयोजक केदार न्यौपानेले नवनिर्वाचितसदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।

केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण खनाल, केन्द्रिय प्रतिनिधि सुर्य शर्मा लामिछाने र पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र बहादुर खड्काले सो कार्यक्रममा मन्तब्य राखेका थिए।

एमाले नेपाल समुहले करिब दुई महिना अगाडि महानगर कमिटी गठन गरे पनि कोभिडका कारण सपथ भने आज मात्र गराएको हो ।

प्रतिक्रिया दिनुहोस !