काठमाडौं । एनआरएनए अस्ट्रेलियाको निर्वाचनमा एनएसडब्लुको प्रदेश सहसचिवमा राकेश जोशी अत्याधिक  मतले बिजयी भएका छन । आज अस्ट्रेलियामा भएको मतदानमा उनलेे २ हजार भन्दा बढी मत ल्याई बिजयी भएका हुन । बिभिन्न सामाजिक काममा सम्लग्न जोशी २०१४ देखि अस्ट्रेलियामा आइटि र इभेन्ट गर्दै आइरहेका छन् ।
आँफु बिजयी भएसङै उनले युवा उद्यमशीलता मा पदोन्नति, अष्ट्रेलियामा नेपाली संस्कृतिको प्रवर्धन, एनआरएनए आन्दोलनमा नेपालीको संलग्नता बढाउने, अस्ट्रेलिया र नेपाल दुबैमा सामाजिक कामको विकास र व्यवस्थापनमा राम्रो भूमिका खेल्ने, अस्ट्रेलियामा मुख्यतः नेपाली समुदायमा केन्द्रित, अस्ट्रेलियामा नेपालीहरूलाई उनीहरूको ज्ञान, स्रोत र अनुभव उपयोग गर्न सहयोग पुर्याउन राम्रो मार्गदर्शन प्रदान गर्ने, दोस्रो पुस्ताका नेपाली अस्ट्रेलियालाई नेपाल र नेपाली संस्कृतिहरूको साथ सामाजिक घटनाहरू आयोजना गरेर कनेक्ट गराउने, अष्ट्रेलियामा योगदान प्रदर्शन गर्न सामाजिक संगठनको साथ काम गर्ने, संगठनात्मक र सामुदायिक प्रतिबद्धताहरू आफ्नो कार्यकालको अवधिमा पूरा गर्ने जनाएका छन् ।
साथै उनले आफुलाई मतदान गर्ने सबैलाई धन्यवाद दिदै यहाँहरुको मतको कदर गर्दै काम गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरेका छन ।
साथै सो निर्बाचनमा अध्यक्ष र महासचिव  पदमा नन्द गुरुङ र राजु अधिकारी बिजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !